नेप्सेमा सामान्य सुधार, अधिकांश सूचक हरियालीमा
काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य वृद्धि देखिएको छ। शुक्रबार नेप्से सूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको हो।
आज ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँमा किनबेच भएका छन्। कारोबारमा फाइनान्स, लगानी, बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निजी बीमा र ‘अन्य’ समूहबाहेकका अधिकांश क्षेत्रका शेयर मूल्य बढेका छन्।
आज पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोपावरका शेयरमा सकारात्मक सर्किट लागेको छ। यता, प्राइम डिबेन्चर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स २४ करोड ९२ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
- २ आज फूलपाती पर्व: घरघरमा नवपत्रिका भित्र्याइँदै
- ३ हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
- ४ दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
- ५ दशैमा सुनसान रहेको काठमाण्डौ चहलपहल बढ्न थाल्यो
- ६ मौसम अपडेट: पश्चिमी र मनसुनी वायुको प्रभाव, बागमती र गण्डकीको पहाडी भेगमा वर्षा र हिमालमा हिमपातको सम्भावना
- ७ कांग्रेस मतगणना अपडेट: खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय शिवाकोटीको जित सुनिश्चित जस्तै, ४९८९ मत गणना

तपाईको प्रतिक्रिया दिनुहोस