Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिसबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछु -अध्यक्ष घिमिरे

    सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्नेछु -अध्यक्ष घिमिरे


    ललितपुर/ २७ माघ, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लाग्ने बताउनुभएको छ।
    वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जति विकास गरेपछि मानव संशाधनका साथै भाषा, कला र साहित्यको विकास नभएसम्म विकासले सार्थकता पाउँदैन भन्दै भौतिक विकास साथसाथै भाषा, कला, संस्कृति, भेषभुषा र साहित्य र,सभ्यताको विकासमा क्रियाशील हुने बताउनुभयो ।
    “मलाई तामाङ समुदायको ल्होछार अत्यन्तै रमाइलो लाग्छ,तामाङ समुदायले मलाई माया गरेको छ, म मेरो अन्तिम सास रहेसम्म तामाङ समुदायको कला, भाषा, संस्कृतिको संरक्षण गर्नमा लागि रहने छु ।” अध्यक्ष घिमिरेले भन्नुभयो ।

    अध्यक्ष घिमिरेले देशकै उत्कृष्ट वडा बनाउने अभियान अन्तर्गत लागि परेको बताउँदै निर्वाचनमा आफूले प्रतिवद्धता गरेका भौतिक विकासका पचासी प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
    “ल्होछार मनाउँदै गर्दा तामाङ जातिको संस्कृतिलाई संरक्षण गर्ने मुख्य लक्ष्य मैले लिएको छु, हामीले हाम्रो हक अधिकार लिनेदिन काममा लाग्नुपर्छ, तपाईंहरुको हक अधिकारका लागि क्रियाशील हुँदै आएको छु ।” उहाँले भन्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT