Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारअहिलेको व्यवस्था पूर्णरुपमा असफल भइसकेकाले अन्तरिम संविधान र अन्तरिम सरकार गठन गरौं : प्रभु साह

    अहिलेको व्यवस्था पूर्णरुपमा असफल भइसकेकाले अन्तरिम संविधान र अन्तरिम सरकार गठन गरौं : प्रभु साह


    तनहुँ, २५ कात्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भइसकेकाले अन्तरिम संविधान र नयाँ अन्तरिम सरकार गठन गरेर देशलाई निकास दिनुपर्ने बताएका छन् ।

    तनहुँ जिल्लाको दुलेगौंडा शुक्लागण्डकीमामा आजपाद्धारा आज (मंगलबार) आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पुरा गर्न सक्ने भएकाले सोही अनुसार अगाडी बढनुको विकल्प नभएको उनले बताए ।

    जेन–जी आन्दोलनमा चरम दमन गर्ने र युवाहरुको छाती र टाउकोमा ताकिताकि गोली हान्नेहरुले नै आज चुनाव हुन नदिने भनेर चूनौति दिन थालेको भन्दै आजपा अध्यक्ष साहले देशभक्त, प्रगतिशील र राष्ट्रवादी जनता जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।

    ‘जेनजी आन्दोलनको माग पुरा गर्नुको साटो सरकार अलमलमा परेको जस्तो छ । निर्वाचनको वातावरण बनाउन ध्यान छैन् । जेनजीका हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो सरकार उल्टोबाटोमा हिडेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको व्यवस्था पूर्णरुपमा असफल भइसकेको छ । अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पुरा हुन्छ ।’

    २१ फागुनको चुनाव फेस गर्न एमाले डराउनुको कारण ओलीको दम्भकारी शासन र अहंकारलाई युवाहरुको बलमा जनताले दुई दिनमै धुलो चटाएको र अहंकार उतारिदिनु नै प्रमुख कारण भएको साहको टिप्पणी छ । उनले भने, ‘एक त केपी ओलीहरु अहिले लुकेर बस्नुपरेको छ, अर्को भर्खरै युवाहरुलाई ताकिताकि गोली हानेर मारिएको छ, अनि यिनीहरु कुन मुख लिएर जनतामा जान्छन् ? जनताले यी हत्यारा शासकहरुको मुख नै हेर्न चाहेका छैनन् ।’

    जाँचबुझ आयोगले पनि भदौ २३ गते युवाहरुको हत्यामा संलग्न शासकहरुलाई अहिलेसम्म बयान लिन नसक्नु निकम्मापन भएको भन्दै उनले आयोगका पदाधिकारीको क्षमतामाथि नै प्रश्न उठाए । उनले गृहमन्त्री ओमप्रकाश अर्याल सस्तो लोकप्रियतामा रमाएको र जाँचुबझ आयोगका पदाधिकारी पनि कमजोर मनोवल बोकेर बस्दा हत्याराहरुको चाहीँ मनोवल उकासिएको टिप्पणी गरे ।

    ‘शान्ति, सुरक्षा र अमचनयन गर्ने जिम्मा पाएका गृहमन्त्रीलाई कहिले बालेनले धम्काएको छ, कहिले जेनजी अगुवाले राजीनामा मागेका छन्, अनि गृहमन्त्री लुतेजस्तो देखियो, निरीह देखियो, यस्तो निरीहपनले देशमा चुनाव हुन्छ ?’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको दुई महिना पुगे पनि जेनजी युवाहरुको हत्यारालाई कारबाही प्रक्रिया अघि नबढ्नुमा सरकार र हत्याराहरुको नेक्ससको गन्ध आएको साहको आरोप छ ।

    उनले अहिलेको सरकारले देशलाई पार लगाउने छाँटकाँट नदेखिएको पनि शंका व्यक्त गरे । तर, २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभाग्न र आफ्नो सत्ता लम्ब्याउने षड्यन्त्र नगर्नपनि उनले यो सरकारलाई चेतावनी दिए । उनले भने, ‘जति नै षड्यन्त्र गर्नुहोस, चुनाव त तपाईंले गराउनैपर्छ, नत्र तपाईंहरुलाई जनताले कान समातेर जिम्मेवारी सम्झाईदिनेछन् ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT