Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिपोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’

    पोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकसँगको विवादित व्यवहार सार्वजनिक भएपछि माफी मागेका छन्।

    शनिबार जारी विज्ञप्तिमा उनले आफ्नो बोली र व्यवहारमा आवश्यक संयमता नदेखिएको स्वीकार गरेका छन्। साथै, उक्त घटनाले कसैको आत्मसम्मानमा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गरेका छन्।

    पोखरेलले सामाजिक सञ्जालमा भाइरल भएको भिडियो अपूर्ण सन्दर्भमा प्रस्तुत गरिएको दाबी गर्दै केही क्षणका दृश्य मात्र काटछाँट गरी सार्वजनिक गरिएको बताएका छन्। तथापि, सार्वजनिक जीवनमा रहँदा आफ्नो आचरण अझ जिम्मेवार र मर्यादित हुनुपर्ने कुरा आफूले पूर्ण रूपमा बुझेको उल्लेख गरेका छन्।

    उक्त घटना ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको हो। विद्यालय पुग्दा स्वागत गर्न नआएको भन्दै उनले प्रधानाध्यापकमाथि आक्रोश व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो।

    घटनापछि उनले पार्टी, शुभेच्छुक, विद्यालय परिवार तथा आम जनतामा पर्न गएको असरप्रति क्षमा माग्दै आगामी दिनमा थप जिम्मेवार रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT