Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारजिडिपीमा मधेसको योगदान बढाउन उत्पादन, उद्योग र लगानीमा प्रदेश सरकारको जोड

    जिडिपीमा मधेसको योगदान बढाउन उत्पादन, उद्योग र लगानीमा प्रदेश सरकारको जोड


    जनकपुरधाम । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा रहेको करिब १३ प्रतिशत योगदानलाई थप वृद्धि गर्ने लक्ष्यसहित मधेस प्रदेश सरकारले उत्पादन वृद्धि, औद्योगिकीकरण, आर्थिक गतिविधि विस्तार तथा निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको छ।

    प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति तथा सीमापार व्यापारको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको निष्कर्ष निकाल्दै सरकारले उत्पादनशील क्षेत्रको विस्तार, औद्योगिक पूर्वाधार विकास र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएको हो।

    उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले प्रदेशको आर्थिक वृद्धि दिगो बनाउन उत्पादनसँगै पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो।

    उहाँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन भए पनि विभिन्न कारणले लगानी सम्मेलन आयोजना हुन सकेको थिएन। चालु आर्थिक वर्ष २०८३/८४ मा भने लगानी सम्मेलन आयोजना गरी उद्योग–व्यवसायमा निजी लगानी आकर्षित गर्ने सरकारको योजना रहेको छ।

    सचिव घिमिरेले औद्योगिक पूर्वाधार निर्माण, कृषि उपजमा आधारित उद्योग स्थापना, साना तथा मझौला उद्यम प्रवर्द्धन, सीमावर्ती व्यापार व्यवस्थापन, पर्यटन विकास तथा लगानीकर्तालाई प्रशासनिक सहजीकरण उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, औद्योगिक ग्राम विकास तथा निजी क्षेत्रसँगको साझेदारीमार्फत आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य पनि सरकारले लिएको उहाँको भनाइ छ।

    मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. भोगेन्द्र झाले लगानी सम्मेलनजस्ता कार्यक्रमले प्रदेशमा लगानीको वातावरण निर्माण गर्न सकारात्मक भूमिका खेल्ने बताउनुभयो। उहाँले लगानी प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न कानुनी तथा प्रशासनिक प्रक्रिया सरल बनाउनुपर्ने र निजी क्षेत्रसँग निरन्तर संवाद आवश्यक रहेको धारणा राख्नुभयो।

    उहाँले राष्ट्रिय जिडिपीमा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै उत्पादन, उद्योग, व्यापार र सेवा क्षेत्रको विस्तारविना प्रदेशको आर्थिक आकार उल्लेखनीय रूपमा बढ्न नसक्ने बताउनुभयो।

    नेपाल राष्ट्र बैंकको ‘मधेस प्रदेशको आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने मधेस प्रदेशको जिडिपी ८ खर्ब ४ अर्ब रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। सोही अवधिमा राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकामा मधेस प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशत रहने अपेक्षा गरिएको छ।

    प्रतिवेदनअनुसार प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान सबैभन्दा बढी ३६.७० प्रतिशत रहेको छ भने खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा कम ०.१५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३२ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

    प्रतिवेदनमा खाद्य तथा अन्य बालीको उत्पादन १४.०१ प्रतिशत र तरकारी तथा बागवानी उत्पादन ९.७९ प्रतिशतले बढेको उल्लेख छ। त्यस्तै दूध, अण्डा र माछा उत्पादनमा पनि क्रमशः ३.१६, ९.६४ र ५.९५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि फलफूल, मसला तथा मासु उत्पादनमा भने केही गिरावट आएको प्रतिवेदनले देखाएको छ।

    नेपाल राष्ट्र बैंकले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका आर्थिक गतिविधिको तथ्याङ्कका आधारमा तयार गरेको उक्त प्रतिवेदनमा कृषि, उद्योग, सेवा, पूर्वाधार विकास, चुनौती तथा सम्भावनाको विस्तृत विश्लेषण समेटिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT