Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचाररौतहटमा ‘मोबाइल’ छापप्रतिको क्रेज बढदो, हजारौंको सहभागितामा मोटरसाइकल र्याली

    रौतहटमा ‘मोबाइल’ छापप्रतिको क्रेज बढदो, हजारौंको सहभागितामा मोटरसाइकल र्याली


    रौतहट, १७ फागुन ।
    आम जनता पार्टी (आजपा)का संगठन विभाग प्रमुख एवं रौतहट–१ का उम्मेदवार त्रिभुवन साह ‘अमर’ले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । घरदैलो सहित साहले आज रौतहटमा हजारौंको सहभागितामा मोटरसाइल र्याली निकालेका छन् ।

    रौतहटको सुकदेव चौकबाट सुरु भएको मोटरसाइकल र्यालीमा हजरौंको सहभागिता रहेको थियो । सुकदेव चौक, गौर, पिपराबजार, सिर्सिया, हजमिनिया, पथरा, फुलवरिया, लौकाहा, माधवपुर, मानपुर, जयनगर, दिपही, खेसरहिया हुँदै मोटरसाइकल र्याली सखुअवामा पुगेर सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै रौतहट–१ का उम्मेदवार साहले आम मतदातासंग यसपटक मोबाइल छापमा मतदान गर्न अपिल गरेका छन् । रौतहट जिल्लाको समग्र विकासका लागि मोबाइल छापमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन उनले आग्रह गरे ।

    पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु रौतहटबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको उनले बताए । साथै, रौतहटको समग्र विकासका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय स्थलहरुको विकासका लागि काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

    ‘स्थिर, सुशासन र विकासका लागि अबकी बार आजपा सरकार । जनउतरदायी लोकतान्त्रिक अभ्यास र सिस्टम सुधार एवं सुशासनका आधार नै मोबाइल छाप हो । दलतन्त्र बिरुद्ध आम जनताको सरकार अहिलेको आवश्यक्ता हो,’ साहले भने ।

    जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरा तथा हाईज्याकरलाई पहिचान गरी जेनजीको माग सम्बोधन गर्नका लागि मोबाइल छापमा मतदान गर्न उनले आग्रह गरे । अहिलेको सिस्टममा सुधारका लागि आजपाका उम्मेदवारलाई बिजयी बनाउनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको मतपत्रमा मोबाइलमा मतदान गर्न आम मतदातासंग उनले आग्रह गरेका छन् ।

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, सरकारपिच्छेको मनोमानी कर आतंक, अनियमितताको अन्त्यका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, खानेपानी लगायतको विकास एवं निशुल्क सेवा लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरु एकजुट भएर मोबाइल छापमा मतदान गर्नुपर्ने साहले बताए ।

    आजपाका उम्मेदवार बिजयी भए र पार्टीको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी लगायतका सम्पूर्ण सेवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता आजपाले घोषणापत्रमा उल्लेख गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह, शंकास्पद लिंकमा क्लिक…

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले…

    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको

    २४ घण्टामा काठमाडौंमा २,४०८ चालक कारबाहीमा

    काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४०८ जना सवारी चालक ट्राफिक कारबाहीमा परेका छन्।

    Techie IT