Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीबतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी

    बतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी


    मेलम्ची/८ मंसिर,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

    म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै  दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा  सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मिता तामाङ पहिलो,पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएको आयोजकले जनाएको छ ।

    म्याराथनमा सहभागी खेलाडी गंगा तामाङले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरुसँग दौडिन पाएको खुशि व्यक्त गर्नुभयो । उहाँले यसभन्दा अघिपनि सहभागी हुनेगरेको स्मरण गर्दै यस म्याराथनले थप अनुभव बटुल्न पाएको बताउनुभयो । त्यस्तै काठमाडौं बाट सहभागी मनिसजंग थापाले पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

    स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने नारा  सहित आयोजना गरिएको म्याराथन मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको टार्गेट हिमालयका अध्यक्ष तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइएको थियो । तिन समहुमा विभाजन गरिएको म्याराथनमा स्थानिय युवा विद्यार्थीहरुको लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोमिटर र अन्य  खेलाडीहरुले ४२ किलोमिटरको दौडिएका थिए । सहभागी खेलाडीहरुलाई पूर्व मन्त्री एवम् संघिय सांसद मोहनबहादुर बस्नेत,बागमती प्रदेशका सांसद कृण्णकुमार तामाङ (समीर) लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT