Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती ∕ बतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी

    बतासेमा आयोजित इम्प्याक्ट म्याराथनमा विदेशी सहित ३ सय ४ जना खेलाडी सहभागी


    मेलम्ची/८ मंसिर,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

    म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै  दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा  सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मिता तामाङ पहिलो,पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएको आयोजकले जनाएको छ ।

    म्याराथनमा सहभागी खेलाडी गंगा तामाङले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरुसँग दौडिन पाएको खुशि व्यक्त गर्नुभयो । उहाँले यसभन्दा अघिपनि सहभागी हुनेगरेको स्मरण गर्दै यस म्याराथनले थप अनुभव बटुल्न पाएको बताउनुभयो । त्यस्तै काठमाडौं बाट सहभागी मनिसजंग थापाले पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

    स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने नारा  सहित आयोजना गरिएको म्याराथन मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको टार्गेट हिमालयका अध्यक्ष तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइएको थियो । तिन समहुमा विभाजन गरिएको म्याराथनमा स्थानिय युवा विद्यार्थीहरुको लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोमिटर र अन्य  खेलाडीहरुले ४२ किलोमिटरको दौडिएका थिए । सहभागी खेलाडीहरुलाई पूर्व मन्त्री एवम् संघिय सांसद मोहनबहादुर बस्नेत,बागमती प्रदेशका सांसद कृण्णकुमार तामाङ (समीर) लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT