Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआम जनता राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन सक्ने असली नायकको खोजिमा छन : प्रभु साह

    आम जनता राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन सक्ने असली नायकको खोजिमा छन : प्रभु साह


    रौतहट, १५ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउन सक्ने असली नायक मुलुकले खोजेको बताएका छन् । देशले बालेन शाहजस्तो नक्कली नायक नखोजेको टिप्पणी उनले गरे ।

    आजपाद्धारा आज (बिहीबार) रौतहटको मौलापुरमा आयोजित पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार, अगुवा नेताकार्यकर्ताको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले नक्कली नायक, ठग, भ्रष्टाचारी, लुटेराहरुले मुलुक जोगाउन नसक्ने बताए ।

    ‘अहिले राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र नै गम्भिर संकटमा छ । यसलाई जोगाउन सक्कली नायकको खोजि भइरहेको छ । गरिव, दिनदुखी, निमुखा, भुईंमान्छेको सेवक खोजेको छ । यो चुनाव राम्रो र नराम्रोबीचको लडाईं हो,’ आजपा अध्यक्ष साहले भने, ‘देशले बालेन शाहजस्तो नक्कली नायक खोजेको छैन, देशले त असली नायक खोजेको छ । यि नक्कली नाकाबधारी नायक, ठग, भ्रष्टाचारी, लुटेरहरुबाट मुलुकको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र जोगाउँन सकिदैन । त्यसैले हामी सबै सचेत हुन आवश्यक छ ।’

    बालेनको नाममा नक्कली हावा चलाउन अहिलेको प्रधानमन्त्री सुशीला कार्कीहरु नै तम्सिएको बताउदै उनले अवरवादीहरुको झुण्डलाई आम जनताले तह निर्वाचनबाट तह लगाउन तयार रहेको बताए ।

    आजपा अध्यक्ष साहले वर्तमान सरकार एकपक्षीय देखिएको बताए । ‘रास्वपाका चटकेहरुलाई प्रहरी तैनाथ गर्ने, सुरक्षाकर्मी अघिपछि लगाउने काम गरेको छ । पूर्वमन्त्री, पूर्वसांसदहरुको सूरक्षाकर्मी फिर्ता गर्ने तर रास्वपाका नेता, नेता पत्नीहरुलाई सुरक्षाकर्मी दिएर गृहमन्त्री ओमप्रकाश अर्यालले तामासा गरिरहेका छन,’ साहले भने ।

    उनले यो सरकार नै रास्वपाको भएको भन्दा फरक नपर्ने समेत बताए । सरकारमा बसेका मन्त्रीहरु धमाधम आफ्नो दायित्व भुलेर रास्वपाबाट संसद् छिर्ने दाउमा लागेको सबैले देखेकै बिषय भएको उनले बताए ।
    ‘राजनीतिमा आएको एक महिना नहुँदै नयाँ र विकल्प दिन्छु भन्नेहरुहरु विचौलियाको चंगुलमा फसेका छन्, मालपानीहरुको दानापानीमा चल्न थालेका छन,’ उनले भने ।

    जेनजी हत्यारा, लुटेरा, भ्रष्टाचारी र जेनजी हाइज्याकरहरुको मिलिभगतमा जेनजी सहित आम नागरिकले दुख पाइरहेको उनले बताए । असली जेनजीहरु अहिले पनि जेलमा रहेको बताउदै उनले नक्कलीहरुको सरकारमा पनि हालीमुहाली रहेको टिप्पणी गरे ।

    ‘सुशीला र ओमप्रकाशहरु जेनजी आन्दोलनका अपहरणकारी हुन् । यिनीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि सरकारमा बसेर प्रहार गरे । एउटा पनि माग पूरा गर्न सकेनन् । आज जेनजी आन्दोलनमा योगदान दिएकाहरुको विचल्ली छ। घाईतेहरुको अवस्था नाजुक छ । तर, पानी बाँड्ने सुदनहरु र युवा भाँड्ने बालेनहरुको हालीमुहाली छ । देश सोसल मिडियामा देखाएको क्रेजले बन्दैन । बालेन शाह नयाँ होईन, बालेन त काठमाडौंमा असफलसिद्ध भएको राजनीतिज्ञ हो । काठमाडौंबाट गरिवलाई लखेटेको छ । सुकुम्वासीलाई अत्याएको छ । कवाडीहरुको काम खोस्यो, गाँस खोस्यो । परिवार पाल्न सडकपेटीमा साग बेच्ने आमाहरुलाई रुवायो । साईकलमा तरकारी र फलफूल बेच्नेहरुको साईकल चोर्यो,’ आजपा अध्यक्ष साहले भने ।

    उनले २१ फागुनमा हुने निर्वाचन पछि आम जनताको सरकार बन्ने दावी गरे । आम जनता, आम मतदाताले आम जनता पार्टीका उम्मेदवारलाई मतदान गरेर आम जनताकै सरकार बनाउन चाहेको ठोकुवा उनले गरे ।

    ‘अब आम जनताको सरकार बन्नुपर्छ । त्यसको लागि संघर्ष, न्याय र सत्यको बाटोमा हिँड्ेकाहरुलाई जनताले साथ दिन्छन् भन्नेमा म ढुक्क छु । हामीले जनतालाई शीरमा राखेर हिँडेका छौं । मलाई विश्वास छ–अन्तिममा भिलेनहरुको भागाभाग हुन्छ, हिरोको जित निश्चित् छ,’ आजपा अध्यक्ष साहले भने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय

    करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा

    वीरगञ्जमा एकाबिहानै चल्यो डोजर

    वीरगञ्ज| मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    Techie IT