३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम पनि दुई अर्ब रुपैयाँले घटेको छ । आज ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
यस दिन सेयर कित्ता कारोबार पनि घटेको छ । एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ । विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।
आजको कारोबारमा बजारमा ठुलो दबाब देखिएको थियो । जहाँ कुल २२८ कम्पनीको मूल्यमा गिरावट आउँदा, केवल २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ। एक कम्पनीको मूल्य भने स्थिर रहन पुग्यो । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी कारोबार भएको छ ।कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक १.५९ प्रतिशतले घटेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस