Techie IT
  • The Film Nepal
  • २०८३ असार ३ बुधबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा सामान्य वृद्धि, ४ अर्बमाथिको कारोबार

    नेप्सेमा सामान्य वृद्धि, ४ अर्बमाथिको कारोबार


    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ ।आज  नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेर रोकिएको छ ।अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।

    आज ३३२ कम्पनिका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे । व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।

    आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च…

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा पुगेर बन्द भएको छ।

    सुनको मूल्यमा उच्च वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल

    निजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका

    Techie IT