अनेसास नेपाल च्याप्टरद्धारा भानु जयन्तिमा विशेष काव्यगोष्ठी आयोजना
काठमाडौँ। अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले २१२ औ भानु जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।काव्य गोष्ठी गरेर मनाइएको उक्त भानु जयन्तिमा प्रमुख अतिथि साहित्यकार प्रा.डा राम प्रसाद ज्ञवाली प्रमुख अतिथि थिए ।
प्रमुख अतिथि ज्ञवालीले कविताको समिक्षात्मक टिप्पणी गर्दै कस्तो कृति लेख्ने, भानुभक्तलाई कुनकुन कोणबाट समीक्षा गर्ने लेखकले कस्तो लेख्नुपर्छ भन्ने कुरा अभिव्यक्त गरेका थिए ।
कार्यक्रममा भानुको नेपाली भाषा साहित्यमा गरिएको योगदानको चर्चा, भानु सम्बन्धि कविता, भानुभक्तीय रामायणका श्लोकको वाचन गरिएको थियो। कविहरु अनेसास केन्द्रिय सदस्य सुमन वर्षा, पूर्व केन्द्रिय उपाध्यक्ष डा रेणुका सोलु (शुभकामना )डा शसी पण्डित ,भवानी खतिवडा, रुपा रिसाल ,मन्जिला अनिल, कमला रिसाल, डिआर राई, शान्ति रिसाल,द्वारिका कुईकेल, शुसिलाखडका हसिना, ईन्दिरा ढकाल, डा शान्तिमाया गिरी, सुचिता काफ्लेलगायतले कविता वाचन गरे ।
महासचिव रन्जना निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रम अनेसास नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र के सीको सभापतित्व र उपाध्यक्ष मन्जिलला अनिलले स्वागतमा सम्पन्न भएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस