प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिप्रति विज्ञहरूको आपत्ति, स्पष्टीकरण माग
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा सीमा तथा भूगोलका विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन्।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ , प्राध्यापक डा. पीताम्बर शर्मा , प्राध्यापक डा. नरेन्द्र खनाल , डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् सीमाविद् प्रभाकर शर्मा तथाडा. द्वारिकानाथ ढुङ्गेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आफूहरूलाई आश्चर्यचकित बनाएको बताएका छन्।
विज्ञप्तिमा प्रधानमन्त्रीले कुन तथ्य र आधारका आधारमा यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने स्पष्ट पार्न आग्रह गरिएको छ। उनीहरूले आजसम्म नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने कुनै आधिकारिक निष्कर्ष वा जानकारी सार्वजनिक नभएको उल्लेख गरेका छन्।
“नेपालले भारतको सीमा मिचेको भन्ने कुरा अहिलेसम्म कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै आएको छ,” विज्ञप्तिमा उल्लेख छ।
विज्ञहरूले नेपाल–भारत सीमा सम्बन्धी विषय राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील मुद्दा भएकाले यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र अभिव्यक्ति दिनुपर्ने बताएका छन्। साथै, प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइबारे स्पष्टीकरण दिनुका साथै आम नागरिकमा उत्पन्न भ्रम हटाउन आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनीहरूले प्रतिनिधिसभामा व्यक्त उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष समेत आग्रह गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस