Techie IT
  • The Film Nepal
  • २०८३ असार १८ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रबजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

    बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण


    काठमाडौँ| भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ स्थानीय तहसँग स्पष्टीकरण मागेको छ।

    मन्त्रालयले पत्राचार गर्दै सम्बन्धित गाउँपालिका तथा नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको वर्तमान अवस्था र ढिलाइ हुनुका कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।

    पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय अनुमान (बजेट) असार १० गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

    मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष २०८३/८४ को बजेट कानुनले तोकेको समयसीमाभित्र सभामा पेश नगरेको देखिएको छ। सोही विषयमा आवश्यक स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले पठाएको पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा पुगेको छ, निर्धारित समयमै बजेट पेश गर्न नसक्नुको कारण के हो, तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सोसमेत खुलाएर जानकारी दिन भनिएको छ।

    साथै, असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तह सभाको आगामी कार्यतालिका पनि मन्त्रालयमा उपलब्ध गराउन आग्रह गरिएको छ।

    मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं| नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्यमा

    निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं| नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको

    नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ४५ सय रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा

    नेप्सेमा लगातार गिरावट, सूचक १६.५४ अंकले घट्यो

    काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट देखिएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा

    शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले

    काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५

    Techie IT