बागमती नगर खुल्ला खेल मैदान तथा विकास समितिको नेतृत्वमा ललितबहादुर
काठमाडौँ , जेठ ६ गते । नगर खुल्ला खेल मैदान तथा विकास समितिले आठौँ साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले ललितबहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरकोे छ । उपाध्यक्ष देवकी न्यौपाने (मुना) , सचिव साधुरामबास्कोटा, कोषाध्यक्ष नकुल गौतम चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरमा विष्णु खत्री, रामकुमार पौडेल, अनिल बस्नेत, समिर भट्ट, रामगोपाल बस्नेत, उज्जल दाहाल, देउती आचार्य, केदार कटुवाल र वीरबहादुर खत्री मनोनित हुनुभएको छ । गत शनिवार बौद्ध प्लानिङस्थित अरुणीय शैक्षिक प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रमबीच नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

नयाँ निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष ठाकुरप्रसाद बास्कोटा र निवर्तमान सचिव काशीनाथ अर्यालले टिका र खादा लगाएर सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
समितिले स्थानीयटोल छिमेका आइपर्ने समस्या समाधान गर्नेदेखि लिएर बाटोघाटो, खानेपानी र त्यस क्षेत्रको खुला खेल मैदान संरक्षण लगायतका कार्यकमा आफ्ना गतिविधि अगाडि बढाइरहेको समाजका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद बास्कोटाले बताउनुभयो ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस