मन्त्रीहरूलाई देउवाको चेतावनी: ‘भ्रष्टाचार गरेको थाहा पाएँ भने बाँकी राख्दिनँ’
काठमाडौं/ ४ माघ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट अहिलेको सरकारमा सहभागी मन्त्रीहरुलाई नैतिक आचरणमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँगको छलफलको क्रममा बिहिवार सभापति देउवाले मन्त्रीहरुको कार्यसम्पादन पार्टीको भविष्यसँग जोडिएको विषय भएकोले काम गरेर देखाउन र जनताको मन जित्न सुझाव दिनुभएको हाे।
मन्त्रीहरुलाई सुशासनको सवालमा निर्मम भएर प्रस्तुत हुनपनि उहाँले निर्देशन दिनुभएको थियो। बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार देउवाले भ्रष्टाचार गरेको थाहा पाए कोहीपनि मन्त्रीहरुलाई बाँकी नराख्ने चेतावनी दिनुभएको थियो सो क्रममा उहाँले अबको एक महिनाभित्रै कार्यसम्पादन रिपोर्ट आफूलाई बुझाउन पनि निर्देश गर्नुभएको छ।
देउवाले अहिलेको सत्ता–सहकार्यमा एमालेसँग कुनै मतभेद नभएको भन्दै त्यहीअनुसार प्रस्तुत हुनपनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ। उहाँको भनाई उद्धृत गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले भन्नुभयो, ‘सभापतिज्यूले अहिले सरकारमा मतभेद छैन भनेर भन्नुभएको छ। उहाँले हामीलाई प्रधानमन्त्रीले भनेको मान्ने र प्रधानमन्त्रीलाई सहयोग गर्न भन्नुभएको छ।’
सभापति देउवाले अहिले आएका विभिन्न पाँच अध्यादेशआफ्नै सहमतिमा आएको पनि जिकिर गर्नुभएको छ। उहाँले आफू र प्रधानमन्त्री ओलीबीच कुनै असहमति नभएकोपनि स्पष्ट पार्नुभएकाे थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्से २७.८५ अंकले उकालो, कारोबार झन्डै ६ अर्ब रुपैयाँ
- २ नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
- ३ आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
- ६ बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
- ७ दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल

तपाईको प्रतिक्रिया दिनुहोस