Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारलुटकारी दलतन्त्र बिरुद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔं : प्रभु साह

    लुटकारी दलतन्त्र बिरुद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔं : प्रभु साह


    रौतहट, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको बताएका छन् ।

    रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए ।

    ‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसानमारा सरकारलाई किसानको आशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो, तर किसानको बारेमा गफ मात्रै दिईरहेको छ मलखाद्य उपलब्ध गराउँन सकेको छैन् ।’

    किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘के किसानलाई जिउँदै मार्दा तपाई (ओली)लाई पोलिरहेको छैन् ? किसानको आशुले पोल्छ ।’

    किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउदा सीमामा बस्ने प्रहरीले पक्राउँ गरेर बाहुदरी देखाईरहेको टिप्पणी साहले गरे । जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए ।

    बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउदै उनले किसान, सर्वसधारणहरु निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे ।

    यस्तै, उनले लुटकारी दलतन्त्रका बिरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलिय सिण्डीकेट लागु गरेर लुट मचाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको बिरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए ।

    बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउँन संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT