Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीति‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’

    ‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’


    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ ।

    कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिए । उनले अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुने बताए ।

    “नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णयको स्वागत एवं समर्थन गरेको छ”, प्रमुख सचेतक लेखकले भने , “ अब गठन हुने सरकारले राष्ट्रिय स्वार्थको रक्षा, भ्रष्टाचार नियन्त्रण, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन र संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको छ ।” उनले वर्तमान शासन व्यवस्थालाई अझ सुदृढ र समावेशी तुल्याउन संविधान संशोधनमा जोड दिइएको बताए ।

    प्रमुख सचेतक लेखकले संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताका सवाललाई सम्बोधन गर्न अब बन्ने सरकार तयार रहेको दोहोर्याए ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै भएको सहमतिअनुसार पहिले नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओली र त्यसपछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको छ ।

    यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी भइरहेका सन्दर्भमा बैठकले पार्टीका सबै सांसद्लाई अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न निर्देशन दिएको जानकारी पनि प्रमुख सचेतक लेखकले दिए ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    Techie IT