Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिवी.पी. कोइरालाको स्मृति सप्ताहको अवसरमा अन्तरमाध्यमिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    वी.पी. कोइरालाको स्मृति सप्ताहको अवसरमा अन्तरमाध्यमिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न


    चितवन/ ३ साउन, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा मुर्धन्य साहित्यकार विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति सप्ताह प्रारम्भको अवसरमा ”वी.पी. कोइरालाका लोकतान्त्रिक चिन्तन” विषयक अन्तरमाध्यमिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

    वीपी चिन्तन प्रतिष्ठान नेपाल, चितवन शाखाको आयोजनामा आइतवार सहिद स्मारक क्याम्पस, भरतपुर–१९, शारदानगरमा आयोजित प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    आयोजकका अनुसार वी.पी. कोइरालाको लोकतान्त्रिक विचार, राष्ट्रिय एकता, प्रजातान्त्रिक मूल्य–मान्यता तथा समाजवादी चिन्तनलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

    वी.पी. चिन्तन प्रतिष्ठान नेपाल, चितवन शाखाका अध्यक्ष तथा नेपाली कांग्रेस चितवनका उपसभापति शालिग्राम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, जिल्ला उपसभापति राजीव न्यौपाने, सचिव ध्रुव पोख्रेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. सूर्यकान्त घिमिरे, सहिद स्मारक क्याम्पसका प्रमुख बसन्तकुमार पौडेल, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर गुरुङ, गुञ्जानगर रेडक्रस उपशाखाका अध्यक्ष हरिराज अर्याल, नेपाली कांग्रेस ललितपुरका सूचना प्रविधि प्रमुख उपेन्द्र अर्याल, भरतपुर महानगरपालिका–१७ का जनप्रतिनिधि चेतराम शर्मा, रेडियो साहिनोका सञ्चालक विश्वनिधि अर्याल, नेपाली कांग्रेसका वडा सभापतिहरू, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

    संस्थाका उपाध्यक्ष देवेन्द्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमका संयोजक एवं प्रतिष्ठानका कार्यसमिति सदस्य मुक्तिनाथ ढकालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

    कार्यक्रममा शिक्षक कृष्णप्रसाद न्यौपाने, विजय भूषाल, बेलबहादुर गुरुङ तथा संविधानसभा सदस्य विष्णुमाया परियारले वी.पी. कोइरालाको लोकतान्त्रिक विचार, राष्ट्रिय योगदान र समकालीन सान्दर्भिकताबारे धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दामोदर रिजालले गर्नुभएको थियो।

    प्रतियोगितामा गुरुकुल माध्यमिक विद्यालयका छात्र निकेश न्यौपाने प्रथम, सोही विद्यालयकी छात्रा स्वर्णिमा रेग्मी द्वितीय तथा सनराइज इङ्ग्लिस माध्यमिक विद्यालयकी छात्रा सजीना खड्का तृतीय हुन सफल भएका छन्। त्यस्तै, परमानन्द स्मृति विद्याभवन गुरुकुलका छात्र निरज कलौनी र अर्किड माध्यमिक विद्यालयकी छात्रा सुप्रिया अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

    विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ। निर्णायक मण्डलका नारायणप्रसाद चालिसे, जगन्नाथ पण्डित र सुरक्षा सापकोटा रेग्मीले वक्तृत्वकलाको प्रस्तुति, विषयवस्तुको गहनता, तथ्यपरकता तथा वाक्–कौशलका आधारमा मूल्याङ्कन गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेश्वर खनालले वीपी कोइरालाको लोकतान्त्रिक चिन्तन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा लोकतान्त्रिक मूल्य, राष्ट्रिय चेतना र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    विशिष्ट अतिथि कृष्णलाल सापकोटाले वी।पी। कोइरालासँग राजनीतिक जीवनमा बिताएका अनुभव सुनाउँदै उहाँको व्यक्तित्व, त्याग र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्नुभएको थियो।

    आयोजक संस्थाले आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै निरन्तरता दिने जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वीपी कोइरालाको बहुआयामिक व्यक्तित्व, लोकतान्त्रिक संघर्ष, राष्ट्रिय एकता र नेपालको राजनीतिक इतिहाससँग सम्बन्धित विषयमा प्रभावशाली प्रस्तुति दिनुभएको थियो। आयोजकका अनुसार कार्यक्रमले नयाँ पुस्तालाई वी।पी।कोइरालाको विचारधारा, लोकतान्त्रिक संस्कार र राष्ट्रिय नेतृत्वको दृष्टिकोणसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा काम गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT