Techie IT
  • The Film Nepal
  • २०८३ असार २१ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियविश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे


    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् ।

    हो फुटबल निर्मम छ । तर, केप भर्डेका खेलाडीले मैदानमा फुटबललाई न्याय गरेका छन् । उनीहरुले आशा गरिएकोभन्दा अघि बढेर निकै उत्कृष्ट प्रदर्शन गरे । र, विश्वलाई आफ्नो देशको र फुटबलको ठूलो पाठ सिकाएर गए । केप भर्डे, फिफा विश्वकपमा आउनुभन्दा अघि कुन पहिचानका साथ आएको थियो । र, आज विश्व फुटबलाई के सन्देश दिएर जाँदैछ ?

    यो विश्वकपको सबैभन्दा ठूलो उपलब्धि भनेको अब कसैले केप भर्डे विश्वको नक्सामा कहाँ छ भनेर सोध्दैन । उसले विश्व फुटबलमा आफ्नो पहिचान बनाएका छ । यो सानो राष्ट्र तर यसको हृदय ठूलो छ । विश्वास गरे असम्भव पनि सम्भव हुन्छ यो टिमको प्रदर्शनले एउटा उचाइ बनाएको छ– यो केप भर्डेका डिफेन्डर रोबर्टो पिको लोपेसले विदाइ सम्बोधनमा बताएका हुन् ।

    हुन त, केप भर्डेले शनिबार विहान अर्जेन्टिनाविरुद्धको खेल हार्यो, तर उनीहरुले धेरै चिज जिते । उसले साहस, एकता, सामूहिक भावना र आफ्नो क्षमतामाथिको अटल विश्वास देखाए । त्यसैले, यो विश्वकपको सबैभन्दा सुन्दर कथा नै केप भर्डे हो ।

    उत्तर अमेरिकामा जुन दोस्रो हप्तामा आफ्नो पहिलो खेल खेल्नुपूर्व केप भर्डे मात्रै विश्वकपको सबैभन्दा सानो राष्ट्रमध्ये एक थियो । उसको चर्चा केवल साँढे पाँच लाख जनसंख्या भएको देश र क्यामरुनलाई हराएर विश्वकपमा आइपुगेको भन्ने मात्रै थियो ।

    खास के नै गर्ला ? बाँकी देशजस्तै समूह चरणमा सहजै पराजित भएर बाहिरिने धेरैको अनुमान थियो । तर यसपटक विश्वकपमा सबैको ध्यान केवल लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड वा ह्यारी केनमाथि मात्र केन्द्रित रहेन । पहिलो पटक विश्वकप खेलेको केप भर्डेले सानदार डिफेन्स, अर्गनाइज अट्याकिङ र अनुशासित प्रदर्शनमार्फत मुख्य आकर्षण बन्यो ।

    सुरु गरौँ केप भर्डेको विश्वकप सुरुआतबाट, गोलरक्षक भोजिन्हाको उत्कृष्ट प्रदर्शनप्रेरित खेलमा केप भर्डेले स्पेनसँग बराबरी खेल्दै विश्वकप इतिहासको पहिलो अंक जोड्यो । दोस्रो खेलमा उरुग्वेविरुद्ध पहिलो विश्वकप गोल गर्दै अर्को इतिहास रच्यो।

    राउन्ड अफ ३२ सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको दर्शनीय गोलले विश्वविजेता अर्जेन्टिनालाई स्तब्ध बनायो । यसले प्रतियोगिताो सबैभन्दा ठूलो उलटफेर गराउने सम्भावना सिर्जना गरिदियो । शनिबार बिहानको घाम उदाएसँगै, मियामीमा अतिरिक्त समय सकिएपछि साविक विजेता अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै केप भर्डे बाहिरियो ।

    विश्व वरीयताको ६७औँ स्थानमा रहेको केप भर्डे र शीर्षस्थानमा रहेको अर्जेन्टिनाको खेललाई प्रतियोगिताको असन्तुलितमध्येको एक थियो । तर, खेल शीर्ष १० भित्र रहेका टिमहरुको भन्दा कमको थिएन् । त्यसैले त हारपछि खेलाडीको अनुहारमा हामी कमजोर छौं भन्ने भाव देखिएन् ।

    उनीहरुले आफ्ना टिममेट, प्याराफिटका परिवार र समर्थकसँग पीडा साटे– खेलाडी मैदानमै निराश भएर बसे । तर, उनीहरुको रोदन विश्वकपबाट बाहिरिएको दुःखका लागि मात्रै थिएन । उनीहरू रोइरहेका थिए, किनभने उनीहरु यत्तिकै घर फर्किन चाहँदैन थिए ।

    यस्तो अवसर केही खेलाडीको जीवनमा फेरि नआउन पनि सक्छ । अनि, आफूले गरेके मिहिनेत, त्यहाँबाट पाएको सफलता, समर्थकबाट पाएको साथ, समर्थन र विश्वासको मिश्रित प्रतिक्रिया थियो, त्यो रोदन । केप भर्डेले समूह चरणका तीनै खेल बराबरी खेलेको थियो ।

    पहिलो खेलमै युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै उसले अन्तिम ३२ मा अर्जेन्टिनाविरुद्ध ऐतिहासिक चुनौती पाएको थियो । अर्जेन्टिनाविरुद्ध केप भर्डे सुरुआतमै मेसीको गोलका कारण पछि परेको थियो । तर, उसले बराबरी गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्‍यायो ।

    अतिरिक्त समयमा फेरि पछि परेपछि पनि काब्रालको उत्कृष्ट प्रहारमार्फत दोस्रो पटक बराबरी गर्‍यो । अन्ततः क्रिस्टियन रोमेरोको हेडर डिने बोर्जेमा लागेर गोल भएपछि अर्जेन्टिनाले कठिन जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो ।

    यस खेलबारे पूर्व इंग्ल्यान्ड डिफेन्डर ग्यारी नेभिलले कुनै कमजोर टोलीबाट देखेको उत्कृष्ट प्रदर्शनमध्ये एक रहेको बताए । पराजयपछि पनि केप भर्डेका प्रशिक्षक बुबिस्टा आफ्नो टोलीको प्रदर्शनबाट अत्यन्त गर्वित देखिए । उनले आफू सानो देश भए पनि विश्वका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाण दिएको बताए ।

    विश्वकपलाई ४८ टोलीमा विस्तार गर्ने निर्णयमाथि प्रतियोगिताअघि धेरै बहस भएको थियो । तर, केप भर्डेले फिफाको यो निर्णय सही मात्रै होइन साना देशलाई न्याय भएको सावित गरिदियो । उसले अझ, साना देशलाई अझै धेरै अवसर र सहयोग आवश्यक रहेको देखाएको छ ।

    विश्वकपको पहिलो खेलमा स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि गोलरक्षक भोजिन्हाको आँशु र राष्ट्रिय झण्डा बोकेको तस्बिर विश्वभर भाइरल बनेको थियो । तर, उनको लोकप्रियता केवल त्यो तस्बिरका कारण मात्र होइन, उत्कृष्ट प्रदर्शनका कारण पनि हो ।

    ४० वर्षीय भोजिन्हाको पोर्चुगलको क्लब चाभेससँगको सम्झौता सकिएपछि उनी हाल क्लबविहीन छन् । तर, उनी चाँडै राम्रो क्लबमा बिक्न सक्छन् । अर्जेन्टिनाविरुद्ध आठ बचाउ गरेका भोजिन्हाले यस विश्वकपमा कुल १८ बचाउ गर्दै सर्वाधिक बचाउ गर्ने गोलरक्षकहरूको सूचीमा तेस्रो स्थानमा रहेर बाहिरिएका छन् ।

    खेलपछि प्रतिक्रिया दिँदा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी र प्रशिक्षक लियोनेल स्कलोनीले पनि केप भर्डे टिमको प्रशंसा गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डोल्पामा हिलोसहितको बाढी : एक महिलाको मृत्यु, चार घाइते

    डोल्पा — जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरी गाउँमा अविरल वर्षापछि धुला खोलामा आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे विश्वकपबाट बाहिरियो

    काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गतको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न

    उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५…

    काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षमा उखु किसानहरूले पाउनुपर्ने अधिकांश रकम चिनी मिलमार्फत भुक्तानी भइसकेको जनाएको छ। १३ वटा चिनी

    मनसुनी प्रभाव सक्रिय: लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना, विभिन्न प्रदेशमा…

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय क्षेत्र सरदर स्थान आसपासमा अवस्थित रहेको

    विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिदै

    असार २० गते शनिवार,विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको

    रवि लामिछाने: खोला किनार व्यवस्थापनको अस्थायी कठिनाइले दीर्घकालीन समाधान दिने…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापन प्रक्रियामा केही असहजता भए पनि

    Techie IT