Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदएनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

    एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए


    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो ।
    लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेलल ३४, डी आर्स सर्ट ३० र जेजे स्मिथले २१ रन बनाए । जनकपुरका सङ्गीत कुेरले ३, मायान यादवले समान २ र सञ्जय कृष्णमूर्तिीले १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनायो । जनकपुरका सङ्गीत कुरेले ४५, मयन यादवले २७ रन बनाए । दुवै खेलाडी नटआउट रहे । लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए ।

    लुम्बिनीले ७ मध्ये ४ खेल जितेर ८ अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । जनकपुर ६ मध्ये मात्र १ खेल जितेर २ अङ्कसहित तालिकाको पुछार रहँदै ‘प्ले अफ’ समीकरणबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्दैछ । यस्तै लुम्बिनीकाे जीतसँगै पाेखरा एभेञ्जर्स र चितवन राइनाेज पनि ‘प्ले अफ’ समीकरणबाट बाहिरिएका छन् ।

    त्यस्तै पहिलो क्वालिफायर खेल मंगलबार हुने छ भने इलिमिनेटर खेल बुधबार र दोस्रो क्वालिफायर विहिबार हुने छ । त्यसैगरी यस सिजनको फाइनल खेल शनिबार हुने छ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप

    Techie IT