Techie IT
  • The Film Nepal
  • २०८३ असार १५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

    यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) आज देश तथा विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागो मा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

    उक्त आन्दोलनका क्रममा सिकागोको हेयमार्केट क्षेत्रमा बम विस्फोट भएको थियो। बम कसले गराएको भन्ने स्पष्ट नभए पनि त्यसपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि दमन गर्दा गोली लागेर सात मजदुरको मृत्यु भएको थियो। यद्यपि, उक्त आन्दोलनले अन्ततः श्रमिकका मागहरू स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

    सन् १८८९ मा पेरिस मा सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक तथा ट्रेड युनियन नेताहरूको सम्मेलनले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

    यो दिवसलाई विश्वभरका श्रमिकहरूले आफ्नो हक, अधिकार र श्रमसम्मानको सुनिश्चितताका लागि सरकार र रोजगारदातासमक्ष आवाज उठाउने अवसरका रूपमा लिन्छन्।

    नेपालमा पनि विभिन्न मजदुर सङ्गठनहरूले सभा, र्‍याली तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी मे दिवस मनाउँदै आएका छन्। नेपालमा पहिलो पटक विसं २००७ सालमा विराटनगर मा मजदुर आन्दोलनसँगै यो दिवस मनाइएको थियो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने मे १ मा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।

    यस वर्ष पनि अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ (स्वतन्त्र) लगायतका सङ्गठनहरूले विभिन्न कार्यक्रममार्फत श्रमिक दिवस मनाउने जनाएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्। जननेतामदन भण्डारीको

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    Techie IT