Techie IT
  • The Film Nepal
  • २०८३ असार २ मंगलवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

    नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५३ पैसा तथा बिक्रीदर १९१ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०९ रुपैयाँ कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

    यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

    खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

    त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने उल्लेख गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च…

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

    युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेटमार्फत सुरुवात :…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो भविष्य निर्माण र सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा सरकारले

    नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा पुगेर बन्द भएको छ।

    सुनको मूल्यमा उच्च वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल

    निजी शिक्षामा ३ प्रतिशत कर, १० लाखसम्म आयमा कर छुटको…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका

    नेप्सेमा लगातार गिरावट : सोमबार २०.२७ अंकले घट्यो, कारोबार ४…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से २०.२७ अंकले ओरालो

    Techie IT