Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारसर्वोच्च अदालतको आदेशबाट कुष्ठ प्रभावितमाथिका विभेदकारी शब्दहरु बदर

    सर्वोच्च अदालतको आदेशबाट कुष्ठ प्रभावितमाथिका विभेदकारी शब्दहरु बदर


    ललितपुर/५ साउन: नेपाल सरकारले कुष्ठ प्रभावितमाथि गम्भीर सामाजिक लाञ्छना लगाउने विभेदकारी कानूनी शब्दहरुको संशोधन गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले जारी गरेको आदेशअनुसार सरकारले यही मिति २०८३ साल असार ३२ गतेको राजपत्रमा प्रकाशित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचनाले बदर गरेको हो । ‘‘सर्वोच्च अदालत, संवैधानिक इजलासवाट संवत् २०८३ साल वैशाख १४ गते मुद्दा नं. ०८१–२८–००१७ को रिट निवेदनमा मुलुकी देवानी संहिता, २०७४ को दफा ७१ को उपदफा (२) को खण्ड (ग) मा रहेका “वा कुष्ठ रोगी“ भन्ने शब्दहरू प्रारम्भदेखि नै अमान्य र बदर हुने आदेश भएकोले सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम २६ को उपनियम (१) को खण्ड (क) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ।’’ राजपत्रमा उल्लेख गरिएको छ । तत्कालीन कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अव्दुल अजीज मुसलमान रहेको संवैधानिक इजलासले मिति २०८३ बैशाख १४ गते प्रतिवादी प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, संसद सचिवालयको विधायन समिति, स्वास्थ्य मन्त्रालय र कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाको नाममा आदेश गरेको थियो । ललितपुर गोदावरी नगरपालिका वडा नं ५ बस्ने अधिवक्ता प्रल्हादकुमार महत, अधिवक्ता महेश महत, गोदावरी नगरपालिका वडा नं. ४ बस्ने बलराम थापा मगरकी छोरी धनकुमारी थापा मगरले मिति २०८१ भदौ ३० गते संविधान र कानूनसँग बाझिएको हदसम्म कानूनको दफा उपदफा खारेज गरिपाउँ भनी उत्प्रेषण माग गर्दै दर्ता गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतबाट उक्त आदेश भएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT