गृहमन्त्रीलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए ।
उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्याइदिने चेतावनी दिए ।
कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म जानकारी गराउन चाहन्छु ।’
उनले संसदीय छानबिन समितिको टिओआर नबनेसम्म संसद् बैठक नचल्ने बताए ।
फर्जी नागरिकता लिएको उजुरीपछि कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस