आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइन्छ ।मानवले पृथ्वीको सीमाभन्दा बाहिर पुगेर ब्रह्माण्डलाई बुझ्ने प्रयास सुरु गरेको ऐतिहासिक क्षणको सम्झनास्वरूप हरेक वर्ष अप्रिल १२ तारिखमा यो दिवसका रूपमा मनाउने गरिएको हो ।
आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो ।
आजको दिनले मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ । आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ । युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यसबेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो ।
यसै सन्दर्भमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसले मानव जातिको साझा उपलब्धि, वैज्ञानिक प्रगति र सहकार्यको महत्वलाई पुनः स्मरण गराउँदै भविष्यतर्फ अझ जिम्मेवार र दिगो दृष्टिकोण अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषणलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्ति मानेर यसको लाभ सबै देशमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ६ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी
- ७ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

तपाईको प्रतिक्रिया दिनुहोस