काठमाडौं। कवि एवम् आख्यानकार प्रोल्लास सिन्धुलीयको कथासङ्ग्रह ‘बागबजार बोल्दैन !’ माथि परिचर्चा एवम् संवाद कार्यक्रम सम्पन्न भयो । कवि एवम् समालोचक आर.एम. डङ्गोल, समालोचक अनुपमा रेग्मी र कथाकार पवित्रा अधिकारी मुख्य वक्ता रहनुभएको उक्त कार्यक्रमको सहजीकरण कवि एवम् नियात्राकार रञ्जु दाहालले गर्नुभएको थियो ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकार रवि प्राञ्जल, कथाकार अमोददेव भट्टराई, प्रकाशनगृहका अध्यक्ष केशव पराजुली, सम्पादक लक्ष्मी भट्टराई, कथाकार एवम् मुक्तककार प्रकाश बस्नेत गफाडीले किताब र लेखकको व्यक्तित्वबारे बोल्नुभएको थियो ।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित उक्त पुस्तकमा २० वटा कथा छन् । उक्त पुस्तकको मूल्य ४७५ राखिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस