ओलीद्वारा बुद्ध जयन्तीको शुभकामना, करुणा र शान्तिको सन्देश प्रसार
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा अझ बढी सान्दर्भिक बनेको उल्लेख गरेका छन्।
उनले सन्देशमा करिब २६५० वर्षअघि यसै पावन दिनमा सिद्धार्थ गौतमको जन्म भएको, यही दिन बोधि (ज्ञान प्राप्ति) हासिल गरेको र करिब २५७० वर्षअघि महापरिनिर्वाण प्राप्त गरेको ऐतिहासिक तथ्य स्मरण गरेका छन्।
अध्यक्ष ओलीले बुद्ध जयन्तीको अवसरमा सबैको अन्तर्मनमा करुणा, सहिष्णुता र शान्तिको भावना जागृत होस् भन्ने कामना समेत व्यक्त गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ३ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- ४ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ५ विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को जित
- ६ फिफा विश्वकप : ब्राजिल र मोरक्को १–१ को बराबरीमा, दुवैले बाँडे एक–एक अंक
- ७ गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च प्राथमिकता

तपाईको प्रतिक्रिया दिनुहोस