Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतितीनकुने घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको छ : संसदीय समिति

    तीनकुने घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको छ : संसदीय समिति


    काठमाडौं । गत चैत १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनको घटना मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

    प्रतिनिधि सभा अन्तरगत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले उक्त प्रदर्शनमा मानव अधिकार उल्लंघनका विषयमाथि गृहमन्त्री रमेश लेखक, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतका पदाधिकारीसँगको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो ।

    सो घट्नाले नेपालको संविधानको प्रस्तावनामा रहेको मानव अधिकार र भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा रहेको सम्पत्तिको हक एवम् मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुर्याएको समितिले निष्कर्ष निकालेको बताइएको छ ।
    उक्त दिन तीनकुनेमा सार्वजनिक सम्पति (सरकारी गाडी) अन्य सम्पत्तिमा आगजनी तथा तोडफोड र विभिन्न व्यक्तिका निजी सम्पत्तिमा क्षति, विभिन्न पार्टी कार्यालय, सञ्चार माध्यम लगायतमा भएको आगजनी, तोडफोड जस्ता गतिविधि भएका थिए ।
    समितिले मानव अधिकारको गम्भिर उल्लङ्गन भएको भन्दै घटनाप्रति समितिले दुःख व्यक्त गरेको छ भने उक्त घटनामा मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका सौ घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
    यसैगरी समितिले तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगम जस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा उक्त क्षेत्रमा सभा, विरोध, प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    Techie IT