रास्वपाका महामन्त्री ढकालले मुखमा टेप लगाएर गरे केन्द्रीय समितिमा प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री ढकालले पेश गरेको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेका थिए । महामन्त्री ढकालले आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रसारण हुनुपर्ने माग सम्बोधन नभएपछि मुखमा कालो टेप लगाएर बसेको र उनको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेको पार्टीका सहप्रवक्ता मनिष झाले जनाएका छन् । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो रहेको औँल्याइएको छ।
सहप्रवक्ता झाले भने, ‘‘बैठकको सुरुमा पार्टी सभापतिले महामन्त्रीको अनुरोध अनुसार उनले लाइभ गर्ने प्रस्ताव राखे । तर प्रतिवेदन सभापति बाहेक हामी कसैले पनि हेरेको थिएनौं । तसर्थ राजनीतिक रूपमा हामीले कतिपय कुरा संवेदनशील र रणनीतिक रूपमा बुझ्नुपर्ने हुन्छ । तसर्थ पहिला हामी केन्द्रीय समितिमा त्यो प्रतिवेदन रिभ्यू गरौँ । त्यसमा वाचन गरियोस्। त्यसमा सबैले अभिमत राखौँ । त्यस पश्चात् यसलाई सार्वजनिक गरौँ । सार्वजनिक गरिसके पश्चातको छलफल व्यवहारिक हुँदैन भनेर हामी सबैले सभापतिको जुन प्रस्ताव सभापतिको जुन प्रस्ताव थियो महामन्त्रीको अनुरोध अनुसार लाइभ गर्नुपर्ने । त्यसलाई हामीले नकार्यौ । हामी सबै जना सभापति र महामन्त्री बाहेक हात उठाएर मतदान गर्यौँ । हामी सबैले हात उठाएर आफ्नो मत राख्दै गर्दा पहिलो यसमा केन्द्रीय समितिमा छलफल होस्।’’
प्रतिवेदन भित्रका कुरा आन्तरिक रूपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रीय समितिका सदस्यले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाइभ हुन नसकेको रास्वपाले जनाएको छ।
रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। सहप्रवक्ता मनिष झाले सो समाचारमा कुनै सत्यता नरहेको प्रस्ट्याउनुभएको हो । उनले सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस