काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केही बेरअघि सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३ विकेटको जित निकालेको छ ।सुरुआति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लखनउले २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
लखनउको जितमा आयुश बधोनी र मुकुल चौधरीले समान ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । मिचेल मार्सले १५, एडेन मारकरमले २२, रिशव पन्तले १० तथा निकोलस पुरनले १३ रनको योगदान दिए ।कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २/२ विकेट लिँदा सुनिल नरेन, कार्तिक त्यागी र क्यामरन ग्रीनले १/१ विकेट लिए ।
त्यसअघि पहिलो इनिङमा कोलकाताका लागि अजिङ्क्या राहाणेले ४१ रन बनाउँदा अंगकृष रघुवंशीले ४५, क्यामरन ग्रीनले ३२ तथा रोभमन पावेलले ३९ रन जोडे ।लखनउका लागि प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र आवेश खानले समान १/१ विकेट लिए ।जारी सिजनमा तीन खेल खेलेको लखनउको यो दोस्रो जित हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस