नेपाली कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
ललितपुर, १५ भदौ: नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लाहरुमा ठुलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरेको हो । पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले
जानकारी दिनुभयो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सह-महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेकाे लामाले वताउनुभयो।
मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रिय विपद व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकरी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
नेपाली कांग्रेसका सह-महामन्त्री उदय शमशेर राणाले विपद्को घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठूलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठूलो सहयोग हुने बताउनुभयो ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै पीडितको पीडामा केही मल्हम हुने विश्वास व्यक्त गर्नुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस