Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीडीन नियुक्तिका लागि आवेदन माग

    डीन नियुक्तिका लागि आवेदन माग


    हेटौँडा/१८ फागुन,बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयमा डीन नियुक्तिका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयले इन्जिनियरिङ वा व्यवस्थापन विधाका डीन नियुक्तिका लागि आवदेन माग गरेको हो ।

    विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले विश्वविद्यालयमा तीन वटा सङ्काय भए पनि हाललाई इन्जिनियरिङ वा व्यवस्थापनमध्ये एउटा विद्या अर्थात् सङ्कायका लागि मात्र डीन नियुक्ति गर्ने गरी आवेदन माग गरिएको बताउनुभयो ।

    प्रदेश विश्वविद्यालयमा विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र शिक्षा तथा सामाजिक विज्ञान सङ्काय रहेका छन् ।

    प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौँडामा आवश्यक कागजातसहित आवेदन दिन भन्दै विश्वविद्यालयले प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ संशोधनसहित प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको डीन सिफारिससम्बन्धी मापदण्ड, २०८१ अनुसार आवेदन माग गरिएको जनाएको छ ।

    डीनका उम्मेदवारले निवेदनसहित व्यक्तिगत विवरणसहित विश्वविद्यालयको अवधारणासहितको सम्बन्धित सङ्कायको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ । साथै आवेदकको उमेर सिमा ५६ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह वा सो सरह उत्र्तीण गरेको, मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि गरेको, स्तरीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख तथा स्तरीकृत भएका पुस्तक तथा सामग्रीहरू प्रकाशित पुस्तकहरूको सक्कलप्रति र प्रकाशित लेखरचना (प्रकाशित जर्नलको पहिचान प्रष्ट खुल्नेगरी) प्रमाणित प्रतिलिपि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कोषबाट सञ्चालित अनुसन्धान परियोजनाको नेतृत्व तथा कोष वृद्धि र राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी भए गरेका अनुभव पेस गर्नुपर्ने छ ।

    विश्वविद्यालयका अनुसार आवेदकले उच्च शिक्षा प्रदायक संस्थामा काम गर्दा वा नेतृत्व तहमा वा व्यवस्थापन तहमा गरेको कार्य अनुभव र उपलब्धि तथा कम्तिमा पाँच वर्ष विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थामा शिक्षण गरेको अनुभव गरेको हुनुपर्नेछ ।

    विश्वविद्यालयका सम्बन्धित सङ्कायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा लगानी नभएको/नगरेको स्वघोषणा, कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको स्वः घोषणा (कुनै कानुनले अयोग्य नठहरिएको), कुनै राजनैतिक दलको सदस्य नरहेको र पदमा रहँदासम्म राजनैतिक दलसँग आबद्ध नहुने स्वःघोषणा, र विदेशी स्थायी आवसीय अनुमतिपत्र नलिएको र कुनै कानुनले अयोग्य नरहेको स्वःघोषणा गर्नुपर्ने छ ।उहाँका अनुसार आगामी आर्थिक वर्षमा बाँकी सङ्कायमा पनि डीन नियुक्तिको प्रक्रिया अगाडि बढाइने छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    Techie IT