पशुपति मित्र माविद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
काठमाडौं । काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको आयोजनामा ‘वृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ को समन्वय तथा काठमाडौं मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोगमा शुक्रबार उक्त शिविर आयोजना भएको हो ।
उक्त स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, मनोरोग परामर्श, सामान्य सल्यक्रिया, स्त्रीरोग परीक्षण, बालरोग परीक्षण, हाड जोर्नी तथा नसा सम्बन्धी परामर्श, दन्त परामर्श, आँखा परीक्षण, प्याथोलोजी ल्याव सेवा तथा इसीजी र युएसजी ल्याव सेवाहरु निशुल्क रुपमा दिइएको थियो ।
शिविर सञ्चालनका लागि लाइफलाइन सोसाइटी ललितपुर र लाइफलाइन हेल्थ होम केयरले पनि प्राविधिक सहयोग उपलब्ध गराएका थिए भने अन्य सहयोगी संस्थाहरुमा पशुपति मित्र मावि अल्मनाइ एशोसिएशन, लायन्स क्लव अफ काठमाडौं युनिभर्सिटी टिचर्स, लायन्स क्लव अफ काठमाडौं साइबर वर्ल्र्ड, लायन्स क्लव अफ बागमती क्यान्सर केयर तथा लायन्स क्लव अफ चावहिल सहयोगी संस्थाका रुपमा सहभागी भएका थिए ।
मुख्य आयोजक रहेको पशुपति मित्र माध्यमिक विद्यालयका प्रधानाध्यपक यज्ञराज प्रसाईंले शिविरबाट १ हजार १ सयभन्दा बढी व्यक्तिहरु लाभान्वित भएको जानकारी दिए ।
शिविरबारे विस्तृत थाहा पाउन यो लिंकमा क्लिक गरेर भिडियो हेर्नुहोस् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस