पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यका रूपमा लामो समय योगदान दिएका श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि खेल प्रशासनमा नयाँ जिम्मेवारी पाएका हुन्। उनको नियुक्तिसँगै नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा अनुभवी खेल व्यक्तित्वको प्रवेश भएको छ।
यसैबीच, मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले राखेपका चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन्।
मन्त्रालयले विभिन्न खेल क्षेत्रका अनुभवी तथा सक्रिय व्यक्तित्वलाई समेट्दै खेलकुद प्रशासनलाई थप प्रभावकारी र समावेशी बनाउने उद्देश्यले यी नियुक्तिहरू गरिएको जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम आन्दोलन र सुरक्षा संयन्त्रप्रति प्रश्न
- ५ व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड
- ६ विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा जितको खोजी
- ७ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

तपाईको प्रतिक्रिया दिनुहोस