आज विश्व रेडक्रस दिवस मनाइदै
काठमाडौँ । आज विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मे ८ का दिन रेडक्रस तथा रेड क्रिसेन्ट आन्दोलनका संस्थापक Jean Henry Dunant को जन्मदिनको अवसर पारेर यो दिवस मनाउने गरिन्छ ।
यस वर्षको विश्व रेडक्रस दिवसको नारा ‘मानवतामा एकताबद्ध’ रहेको छ । उक्त विषयवस्तुले संकटका समयमा करुणा, सहकार्य र मानव सेवामा समर्पित स्वयंसेवक तथा कर्मचारीहरूको भूमिकालाई उजागर गरेको छ । साथै, विभाजित विश्वमा एकता, सामुदायिक सहनशीलता र मानवीय कार्यको संरक्षणमा जोड दिइएको छ ।
नेपालमा रेडक्रस अभियान विसं २०२० भदौ १९ गते स्थापना भएको हो । हाल नेपाल रेडक्रस सोसाइटी का सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा, सबै स्थानीय तहमा गरी एक हजार ६१५ उपशाखा तथा छ हजार ९३४ जुनियर र युवा सर्कल सञ्चालनमा रहेका छन् ।
देशभर फैलिएको यस सञ्जालमा करिब नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् । नेपाल रेडक्रसले International Federation of Red Cross and Red Crescent Societies को आर्थिक तथा प्राविधिक सहयोगमा प्रकोप व्यवस्थापन, स्वास्थ्य सेवा, सामुदायिक विकास, खानेपानी तथा सरसफाइ प्रवर्द्धनलगायत क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले हरेक वर्ष करिब २५ लाखभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस