Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारसुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

    सुरेश रजकलाई गोली नलागेको पुष्टि, जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट


    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो । उनको पोस्टमार्टन नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।

    त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो । उहाँको मृत्युको कारण जलेर भएको हो । उनको जलेरै मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ । साथै उनलाई मारेर जलाइएको भन्ने हल्ला पनि भ्रामक रहेको पुष्टि भएको छ ।

    दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला रजकको तीनकुनेस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निधन भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT