Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ७ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारमतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह


    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ ।

    आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन आयोगले नियमित रूपमा नामावली अद्यावधिक गर्दै आएको छ । सोहीअनुसार मौजुदा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ ।

    प्रकाशित नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा त्रुटि भएमा सच्याउन आयोगले आग्रह गरेको छ । त्यस्तै, कसैले झुट्टा विवरण पेस गरी मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा त्यसबारे समेत सच्याउन सकिने आयोगले जनाएको छ ।

    कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न तथा बसाइँसराइ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएको भए सोहीअनुसार विवरण अद्यावधिक गर्न आयोगले अनुरोध गरेको छ ।

    मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

    काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको

    Techie IT