स्टार्टअप कर्जा प्रवाह सम्बन्धि त्रिपक्षीय सम्झौता
काठमाडौं । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।
सोही स्टार्टअप कार्यक्रम अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने कार्यक्रम रहेको बताउनुभयो । स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको र एक अर्बको कोषलाई सूचना प्रवाह गरेर देशभरी नै आवहन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘यतिबेला नेपाली उद्यमशिलतको विकासको लागि स्रोत र साधनमा आधारित विशेषत युवाहरु केही न केही मूलुकमा नै गरौं, देशभित्रै सम्भावनाको खोजी गरौं । चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने सरकारको संकल्प छ । यस्तो आकर्षक कार्यक्रमको रुपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ । एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरी नै आव्हान गरिसकेका छौ ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस