Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाका सांसदको अभिव्यक्तिबारे पार्टीभित्र समीक्षा, विवादलाई सम्हालेर अघि बढ्ने रविको भनाइ

    रास्वपाका सांसदको अभिव्यक्तिबारे पार्टीभित्र समीक्षा, विवादलाई सम्हालेर अघि बढ्ने रविको भनाइ


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हाल्दै पार्टी अघि बढ्ने बताएका छन् ।

    रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बुधबार भएको छलफललाई संसदीय दलको औपचारिक बैठक नभई संसदमा पार्टीको प्रस्तुति र समसामयिक विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।

    उनले ठूलो राजनीतिक दलमा धेरै सांसद भएकाले कहिलेकाहीँ कुनै सांसदको अभिव्यक्ति विवादमा पर्न सक्ने भन्दै त्यसलाई पार्टीले सम्हालेर अघि बढ्ने बताए ।

    ‘राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ,’ उनले भने ।

    लामिछानेका अनुसार संसदमा रास्वपाका सांसदहरूको प्रस्तुति कस्तो भइरहेको छ भन्ने विषयमा पार्टीभित्र समीक्षा गरिएको थियो । संसदमा उठाइने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले आन्तरिक समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।

    यस्तै, सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि छलफल गरिएको उनले बताए ।

    ‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । संसदमा मर्यादित ढंगले प्रस्तुत हुने र उठ्ने विषयवस्तु आम नागरिकको जीवनसँग जोडिएका हुनेलगायत सबै विषयमा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्‍यौँ,’ लामिछानेले भने ।

    यसैबीच, लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा पत्रकारले प्रश्न गरेपछि लामिछानेले त्यसलाई प्रधानमन्त्रीको ‘कवि भावना’का रूपमा टिप्पणी गरे ।

    ‘दुई जनाबीच झगडा पर्‍यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने ।

    प्रधानमन्त्री शाह कवि र कलाकारसमेत भएकाले उनका हरेक शब्दको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको लामिछानेले बताए । ‘यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT