Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारनयाँ अनलाइनका सञ्चालक÷सम्पादकलाई आचारसंहिता अभिमुखीकरण

    नयाँ अनलाइनका सञ्चालक÷सम्पादकलाई आचारसंहिता अभिमुखीकरण


    काठमाडौं । प्रेस काउन्सिल नेपालमा आज पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरस पालना भएमा सञ्चार माध्यमको विश्वसनीयता झनै बढ्ने बताउनुभयो । पत्रकार तथा सञ्चार माध्यमले सूचना प्रविधिको विकाससँगै बढेको दुष्प्रचारलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । एआइ लगायतका प्रविधिहरू लाई सहयोगी मात्र बनाउन सुझाव दिनुभयो । कार्यक्रममा स्रोत व्यक्ति रहनुभएका रत्नराज्य क्याम्पसका उपप्रध्यापक एवं आमसञ्चार र पत्रकारिता विभाग प्रमुख डा.जगत नेपालले पत्रकार आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । उहाँले पछिल्लो समय प्रविधिको विकासकै कारण स्वरोजगारमूलक सञ्चार माध्यमहरू र मूलधारका सञ्चार माध्यम भन्ने भाष्य हट्दै समानरूपमा बुझ्न थालिएको उल्लेख गर्नुभयो । प्रविधिलाई सहीरूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसलाई अवसर र चुनौतीका रूपमा लिनुपर्ने बताउनुभयो । आचारसंहिताका व्यवस्थाबारे प्रष्ट पार्दै उहाँले तथ्यगत पुष्ट्याईंबेगरका सामग्री सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभयो ।

    काम गर्दै जाँदा त्रुटी भएमा तत्काल सच्याउनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय केही सञ्चार माध्यमले भ्युजका लागि अश्लील र गालीबेइज्जतीलाई प्रश्रय दिइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले समग्र सञ्चार माध्यम र पत्रकारको विश्वसनीयता गुम्नेमा सचेत रहन ध्यानाकर्षण गराउनुभयो । एकपटक विश्वसनीयता गुमेका सञ्चारमाध्यम फेरि पुरानै अवस्थामा फर्कन कठिन हुने भन्दै क्षणिक लाभ नहेरेर तथ्यपरक, विश्वसनीय पत्रकारिता गर्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा अर्का स्रोत व्यक्ति पत्रकार थमन प्रसाद भुसाल (टिपि भुसाल)ले निर्देशिकाहरूबारे स्पष्ट पार्नुभएको थियो । बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिक सञ्चार निर्देशिका, २०७८मा उल्लेख भएका व्यवस्थाबारे जानकारी गराउँदै उहाँले सत्य र तथ्यको फरक छुट्याउनुपर्ने बताउनुभयो । भाइरल सामग्रीले केही क्षण दर्शकको ध्यान खिच्न सक ेपनि दीर्घकालीन नहुने बताउनुभयो ।

    आचारसंहिता पालना भएमा मात्र व्यावसायिक साख जोगिने र कानुनी कारबाही र विवादबाट मुक्त हुन सकिने बताउनुभयो । पत्रकार पनि आम नागरिकसरह भएकोमा जोड दिँदै कानुनी अज्ञानता क्षम्य नहुने बताउनुभयो । कार्यक्रममा चालु आर्थिक वर्षमा सूचना तथा प्रसारण विभागबाट अनलाइन सञ्चार माध्यम सञ्चालनका लागि अनुमति लिएका सञ्चार माध्यमका सम्पादक र सञ्चालकहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले काउन्सिलबाट हुने कामकारबाही बारे जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा र उठेका प्रश्नहरूको जवाफ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले दिनुभएको थियो । साथै उहाँले काउन्सिलको अनुगमन र उजुरी सुनुवाई का साथै पछिल्लो समय देखिएका प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा काउन्सिलका लेखा अधिकृत सिर्जना घिमिरेले सूचीकरणपश्चात अनलाइन सञ्चार माध्यमहरूले न्यूज पोर्टल सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुवास राईले गर्नुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT