Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियथाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

    थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा


    काठमाडौं । थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप छ । उक्त कुराकानीमा उनले थाई सेनाका कमान्डरको आलोचना गरेकी थिइन् । थाइल्याण्डमा यसलाई एक गम्भीर मामिला मानिन्छ, किनभने त्यहाँ सेनाको निकै ठुलो प्रभाव छ ।

    मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षले हाबी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।

    अड्तीस वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नु परेको दिन नै झट्का लागेको छ।

    कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।

    लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरेकी थिइन्, उनले हुन सेनलाई ‘काका’ र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेकी थिइन् । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो ।

    “संवैधानिक अदालतले ७-२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ”, एक विज्ञप्तिमा भनिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने

    काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिदै

    असार २० गते शनिवार,विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको

    भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो,…

    काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष

    होर्मुज विवाद समाधानतर्फ अमेरिका–इरान वार्ता, दोहामा मंगलबार निर्णायक छलफल

    काठमाडौँ । अमेरिका र इरान पछिल्लो तनाव समाधान गर्ने दिशामा अघि बढ्न सहमत भएका छन्। दुवै देशका प्रतिनिधिमण्डलबीच मंगलबार कतारको

    भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि

    काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या

    Techie IT