Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख १३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारदेशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


    काठमाडौं | नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव कायम रहेको छ।

    हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ।

    आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ।

    आज राति देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीता जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक विदासहित राष्ट्रिय पर्वको…

    काठमाडौं, १२ वैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूती माता सीताको जन्मोत्सवलाई

    थापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    काठमाडौँ । थापाथलीसहित तीन क्षेत्रमा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था थापाथली, गैरीगाउँ र शान्तिनगरका नदीकिनार बस्तीबाट विस्थापित १४४ परिवार

    सालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते

    काठमाडौं । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर बकैया

    पोखरेलद्वारा विवादित व्यवहारमा माफी, ‘संयमता नदेखिएको स्वीकार’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको एक विद्यालयका प्रधानाध्यापकसँगको विवादित व्यवहार सार्वजनिक भएपछि माफी मागेका

    पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

    काठमाडौं| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले

    दक्षिणपूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार, थप ५३ जनालाई ल्याउने तयारी

    काठमाडौं  | परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयका

    Techie IT