Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र ८ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारकाठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह

    काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह


    रौतहट, ८ फागुन
    आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं रौतहट–३ का उम्मेदवार प्रभु साहले मधेसीले मनाउने छठ पर्व, दुर्गापुजा, बोलबम नमान्ने बालेन शाह कसरी मधेसी भएको भन्दै प्रश्न गरेका छन् ।

    रौतहटको कटहरिया नगरपालिका विर्ति प्रस्टोकामा आज आयोजित चुनाव सभा एवं भेटघाट कार्यक्रममा सहभागि साहले काठमाडौंमा मधेसीहरुको छठपर्व रोक्ने बालेन कहिल्यै पनि मधेसी नभएको बताए ।

    ‘मधेसीहरुले काठमाडौंमा छठपर्व, दुर्गा पुजा, बोलबम मनाउदै गर्दा त्यसमा बालेन कहिल्यै सहभागि नहुने । छठपर्व रोक्ने, मनाउन नदिने बालेन कसरी मधेसी भयो ? मधेसमा आएर म मधेसी हो भन्दैमा कोही मधेसी हुदैन,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले काठमाडौंमा छठपर्व, दुर्गापुजा, बोलबम मनाउनुपर्छ भन्दै त्यसमा सहभागि हुन्छौ । काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गरेर पुजा गर्नुपर्छ भन्दै गर्दा बालेन मधेस हो भने त्यस्तो धार्मिक, सांस्कृतिक कार्यक्रममा किन कहिल्यै सहभागि भएन ?’

    एउटा मधेसीले काठमाडौंको मेयरमा बिजयी भएपछि आफूहरुलाई खुशी लागेको तर मधेसीहरुकै चाडपर्व मनाउन नदिने, मधेसीलाई काठमाडौंबाट लखेटन खोजेपछि दुख लागेको उनले बताए । काठमाडौंमा मधेसीको छठ मनाउन नदिने, कबाड व्यवसायीलाई लखेटने, सुकुम्बासी बस्तीमा डोजर चलाउने, गरिब, निमुखा व्यापारीलाई काठमाडौंबाट लखेटनेहरु मधेसी हुनै नसक्ने साहले बताए ।

    यस्तै, बैदेशिक रोजगार ठगीको बिरुद्धमा महिनौं सम्म वैदेशिक रोजगार विभाग आजपाले घेराउँ गर्दैगर्दा रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री सहित गृहमन्त्री रहेको र उनकै पार्टीका उपासभापति डिपि अर्यालय श्रममन्त्री हुन्दा मौन बसेको स्मरण साहले गराए ।

    ‘हामी बैदेशिक रोजगार ठगीको बिरुद्धमा महिनौंसम्म बैदेशिक रोजगार विभाग घेराउ गर्यौ । त्यतिबेला रवि उपप्रधानमन्त्री सहित गृहमन्त्री र उनकै पार्टीका नेता डिपि अर्यालय श्रम मन्त्री हुँदा किन मौन बसेको थियो ? किन एक शब्द पनि बोलेनन ? उनहरु कसरी बैदेशिक रोजगारी ठगीको बिरुद्धमा हो ? यसैबाट स्पष्ट हुन्छ कांग्रेस, एमाले, माओवादीकै सरकारमा सहभागि भएको रास्वपा नयाँ होईन पुरानै पार्टी हो,’ आजपा अध्यक्ष साहले भने ।

    सोही कार्यक्रमका बीचमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं कटहरिया नगरपालिकाको उपाध्यक्ष तथा वडाप्रत्यासी विर्ति निवासी दुर्गा साह रौनियार लगायतका दर्जनौं नेताहरु आजपामा प्रवेश गरेका छन् । नेकपा सहित विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेलाई अध्यक्ष साहले पार्टीमा स्वागत गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले छुटेका राजनीतिक अध्याय फर्केर पढ्नुपर्छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक

    कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका

    सुनसरी–मोरङ सिँचाइको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन

    मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके

    मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका विवरण अद्यावधिक तथा त्रुटि सच्याउन सम्बन्धित मतदातालाई अनुरोध गरेको छ । आयोगका सहसचिव

    राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ

    -शोभाखर भण्डारी नेपालमा पछिल्ला वर्षहरूमा आर्थिक गतिविधिहरू सुस्त बन्दै गएका छन्। उद्योग, व्यापार, घरजग्गा कारोबार तथा सेयर बजारमा देखिएको मन्दीले

    १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का…

    काठमाडौं  ५ भदौ: नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर

    Techie IT