पहिराले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध
बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।
यादवका अनुसार बागलुङ सडक डिभिजन कार्यालयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए । करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेको सन्दर्भमा मुस्ताङ जाने पर्यटकले समेत उक्त सडक प्रयोग गर्दै आइरहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस