सुकुमबासी बस्ती भत्काइप्रति हर्क साम्पाङको आक्रोश, सरकारलाई कडा प्रश्न
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काउने कार्यप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सरकारको कदमप्रति प्रश्न उठाउँदै सुकुमबासीमाथि दमन गरिएको आरोप लगाए। उनले लेखेका छन्— ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो? कि आफ्नै गाडीको ढोका खोल्ने काममै अल्झिएको हो?’
राईले बस्ती हटाइएपछि सर्वसाधारण नागरिक सडकमा रात बिताउन बाध्य भएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। साथै उनले रवि लामिछाने लाई लक्षित गर्दै प्रश्न गरे— ‘माननीय रविजी कता हराउनु भयो? सरकारले के गर्यो यस्तो, जनता हिजोदेखि सडकमा रात बिताउन थाले।’
उनले वर्तमान परिस्थितिमा संसद् छिटो सञ्चालन गर्न पनि आग्रह गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- २ नागको पूजाअर्चना गरी आज नागपञ्चमी मनाइँदै
- ३ चिनीको सहज आपूर्तिबारे आज समितिमा छलफल, उद्योगमन्त्री र सचिवलाई बोलाइयो
- ४ वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ७ बाढीपहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध

तपाईको प्रतिक्रिया दिनुहोस