Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ १६ शनिबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जन‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित

    ‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित


    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

    सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत वर्षा आत्मविश्वासी र आकर्षक अवतारमा देखिएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको कथा संकेत गरेको देखिन्छ । पोस्टरको अग्रभागमा एक युवकको कालो छायाँसमेत देखाइएको छ, जसले कथामा गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । तर, ती पात्र को हुन् भन्ने विषय खुलाइएको छैन ।

    पोस्टरको पृष्ठभूमिमा पुराना घर र बस्तीको परिवेश देखाइएको छ, जसले सिनेमाको कथा ग्रामीण तथा सामाजिक परिवेशसँग जोडिएको संकेत गर्छ ।आहा फिल्म्स को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन् भने लेखन तथा निर्देशन राजबहादुर साने ले गर्नेछन् ।

    यससँगै निर्माण टिमले नयाँ कलाकारका लागि कास्टिङ कल पनि खुलाएको छ । सार्वजनिक पोस्टरमार्फत मुख्य पात्रका लागि ४ महिला र ४ पुरुष कलाकारको आवेदन आह्वान गरिएको हो ।निर्माण टिमका अनुसार २० देखि ४० वर्ष उमेर समूहका पुरुष तथा १८ देखि ३५ वर्ष उमेर समूहका महिलाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति जेठ २० गतेसम्म तोकिएको छ ।

    निर्देशक सानेले यसअघि पाठशाला, द रिटर्न हिरो, लाटी, वृन्दावन, बिरंगना, डोली, गुड फ्रेण्ड, सिल्ली फो, बुलाकी, जुना तथा सिटामोल लगायतका चलचित्र लेखन तथा निर्देशन गरिसकेका छन् । उनले बुलाकी बाट उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जितेका थिए । हाल लज्जावती प्रदर्शनको तयारीमा रहेको छ, जसको निर्देशन पनि सानेले नै गरेका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

    काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका

    कमजोर पटकथाको शिकार ‘काजी’

    चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ

    ‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा

    काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन सुनिता डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन्

    चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९…

    काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर

    चलचित्र कलाकार संघ निर्वाचनमा होमियो

    काठमाडौँ।नेपाल चलचित्र कलाकार संघको २१औं चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ ।यही जेठ ३ गते हुने

    Techie IT