Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारमहालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

    महालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय


    ललितपुर — नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रूपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ।

    बुधबार नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको ७ दिनको तलब कटौति गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

    नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मानवीय सहयोग पुर्‍याउनु नगरपालिकाको दायित्व रहेको बताए। “रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ,” नगर प्रमुख श्रेष्ठले भने, “यस कठिन घडीमा पीडित परिवारको मलमपट्टीका लागि महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धता जनाउन उभिएका हौँ।”

    चीनतर्फ हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १६५ जनाको शव फेला परिसकेको छ भने ८२६ जना भन्दा बढी सम्पर्कविहीन रहेका छन्। बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्।

    बैठकमा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानासहित कार्यपालिका सदस्यको उपस्थिति थियो। महालक्ष्मी नगरपालिकाले नगरपालिकाको एम्बुलेन्स तथा नगर प्रहरीसहितको टोलीलाई विपद् क्षेत्रमा विपद्का कारण घाइते भएका व्यक्तिहरूको उद्धार तथा आवश्यक सहयोगका लागि परिचालन गरिएको छ। घाइतेहरूको शीघ्र उद्धार गरी आवश्यक उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउने कार्यमा टोली सक्रिय रहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT