नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।
शुक्रबार भएको उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी, विकास सहायता तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटका क्रममा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत सहमति खोजिएको बताइएको छ।
दूत गोरले यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका थिए।
विहीबार साँझ काठमाडौँ आएका गोरले आजै सगरमाथा बेसक्याम्पको भ्रमणसमेत गरेका थिए। दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी कूटनीतिक सक्रियता बढिरहेका बेला, केही दिनअघि मात्र सहायक विदेशमन्त्री समिर पल कपूरको नेपाल भ्रमणपछि गोरको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ५ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ६ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ७ प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

तपाईको प्रतिक्रिया दिनुहोस