नेप्सेमा दोहोरो अंकको वृद्धि, ६.६६ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ ।
बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो ।
यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
नआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक ४० करोड १७ लाख ७१ हजारको सेयर कारोबार भयो । त्यस्तै, कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स, उत्पादन, लघुवित्त र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस