अस्पतालमा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था हुन्छ – पूर्वस्वास्थमन्त्री बस्नेत
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोककाे चौतारा अस्पतालमा हाल भएको व्यवस्थामा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिने बताउनुभएको छ।
चीन सरकारको सहयोगमा सिन्धुपाल्चोककाे चाैतारामा निर्माण सम्पन्न भएको चौतारा अस्पताल नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै बस्नेतले हाल पचास वेड क्षमता रहेकाे उक्त अस्पतालमा पचास वेड थप गरि सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउनुपर्छ भन्दै प्रधानमन्त्री प्रचण्ड समक्ष उक्त व्यवस्था मिलाउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हाे ।
“सबै जिल्ला अस्पतालहरुलाई पचास वेडकाे स्वीकृत भइसकेको छ। प्रदेशकाे माताहतमा रहेकाे याे अस्पताललाई पचास वेड थपेर एक सय वेड बनाउन सकियाे भने नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिन्छ, यहीँबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ।” उहाँले भन्नुभयो ।
मन्त्री बस्नेतले मेडिकल शिक्षालाई सहज बनाउँदा नेपालबाट विदेश पढ्न जानेकाे आधा संख्या घट्छ भन्नुहुँदै सबै प्रदेशका एक सयदेखि तीन सयसम्म वेड रहेका अस्पतालमा नर्स, पारामेडिक्स पढ्ने व्यवस्था र तीन सय भन्दा माथि वेड भएका अस्पतालमा डाक्टर पढ्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डकाे मन्त्रीपरिषदमा रहेर काम गर्दा स्वास्थ्य क्षेत्रमा काम गर्न सहज भएको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले काम गर्नका लागि अर्थ, शिक्षालगायत सराेकारवाला मन्त्रालयसंग सहजीकरणका लागि तत्कालै निर्देशन र समन्वय गर्दै उत्साहित गरेकाे बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवनिर्मित भवनकाे उद्घाटन गर्नुभएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस